Logo

राजनीति

देउवा भेट्न प्रचण्ड बालुवाटारमा



काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री तथा कांग्रेस संसदीय दलको नेता शेरबहादुर देउवालाई भेट्न बालुवाटार पुगेका छन् । प्रधानमन्त्रीका दाबेदार प्रचण्ड संसदीय दलको नेता चयन भएलगत्तै सरकार गठनको बिषयमा छलफल गर्न बालुवाटार पुगेका हुन् ।

गठबन्धनको दलबीच सरकार बनाउने सहमति बनेपनि नेतृत्व कसले गर्ने भन्ने टुंगिन सकेको छैन । देउवाले आफैं नेतृत्वमा सरकार गठन गर्ने पक्षमा उभिए पनि प्रचण्डले आलोपालो सहमति अनुसार अडान नछाड्ने पक्षमा छन् ।

सरकार गठनका लागि दलहरूलाई राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको समय अब ३ दिन मात्र बाँकी छ । गठबन्धनमा प्रधानमन्त्रीसहित राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुख, मुख्यमन्त्रीसहित मुख्य संवैधानिक पदमा प्याकेजमा भागवण्डा मिलाउने प्रयास भइरहेको छ ।

प्रकाशित मिति : ७ पुष २०७९, बिहीबार १८:३१   :  बजे

60
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।