Logo

राजनीति

गठबन्धन दलको बैठक बालुवाटारमा



काठमाडौं । नयाँ सरकार गठनबारे सकस भइरहेका बेला सत्तारुढ दलहरु छलफलमा जुट्दै छन् । आज (शनिबार) अपरान्ह ४ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्ता गठबन्नको बैठक बोलाइएको छ ।

बैठकमा सत्ता गठबन्धन दलका पहिलो तहका नेता र सहयोगीका रुपमा केही दोस्रो तहका नेताहरूबीच छलफल हुने कांग्रेस प्रवक्ता डा.प्रकाशशरण महतले जानकारी दिए ।

निर्वाचन सम्पन्न भएपश्चात नयाँ सरकार गठनका लागि राष्ट्रपति विद्या भण्डारीले दिएको एक साताको समय सकिन एक दिन बाँकी रहँदा समेत दलहरूबीच सरकार गठनका लागि शक्ति बाँडफाँडमा सहमति जुट्न सकेको छैन ।

खासगरी कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमध्ये कसले पहिला सरकारको नेतृत्व गर्ने भन्ने विषय नटुंगिँदा नयाँ सरकार गठन सकस बनेको हो ।

प्रकाशित मिति : ९ पुष २०७९, शनिबार १५:४७   :  बजे

60
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।