काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई कुनै हालतमा अहिलेको गठबन्धन नछाड्न आग्रह गरेका छन् । उनकै निवास खुमलटार पुगेर नेता पौडेलले प्रचण्डलाई सत्तारुढ गठबन्धन नछोड्न आग्रह गरेका हुन् ।
प्रचण्डले सत्तारुढ गठबन्धनको सरकार बन्दा पहिलो पालोमा आफू प्रधानमन्त्री बन्न पाउनुपर्ने अडान राखिरहेका छन् । पौडेलले भने पहिलो पालोमै वा पछि जहिले भए पनि अहिलेको सत्तारुढ गठबन्धनबाटै प्रधानमन्त्री बन्न पाउने भन्दै गठबन्धन नतोड्न आग्रह गरेका बताइएको छ ।
माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले भने सत्तारुढ गठबन्धनबाट आफूले पहिला सरकारको नेतृत्व गर्न पाउनुपर्ने अडान दोहोर्याएका छन् ।
नयाँ सरकार गठनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले दिएका एक हप्ताको समयसीमा भोलि (पुस १० गते) अपरान्ह ५ बजे सकिँदै छ । तर दलहरुबीच अहिलेसम्म पावर शेयररिङको विषयमा सहमति जुट्न सकेको छैन ।




















प्रतिक्रिया