काठमाडौं । नयाँ सरकार गठनका सन्दर्भमा गठबन्धन दलका नेताहरुबीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा छलफल जारी छ । नयाँ सरकार गठन र शक्ति समीकरणबारे छलफल गर्न गठबन्धनका शीर्ष नेताका साथै केही दोस्रो तहका नेताहरु बालुवाटार पुगका हुन् ।
गठबन्धन बैठकअघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रधानमन्त्री शेरबहादुर देउवाबीच छलफल भएको थियो । यसअघि आजै बिहान कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले माओवादी अध्यक्ष प्रचण्डलाई उनको निवास खुमलटार पुगेर भेटेका थिए । सो क्रममा उनले हालको गठबन्धन यथावत राख्न जोड दिएका थिए भने प्रचण्डले नयाँ सरकारको नेतृत्व पहिला आफूले गर्न पाउनुपर्ने अडान दोहोर्याएका थिए ।
निर्वाचन सम्पन्न भएपश्चात नयाँ सरकार गठनका लागि राष्ट्रपति विद्या भण्डारीले दिएको एक साताको समय सकिन एक दिन बाँकी रहँदा समेत दलहरूबीच सरकार गठनका लागि शक्ति बाँडफाँडमा सहमति जुट्न सकेको छैन । खासगरी कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमध्ये कसले पहिला सरकारको नेतृत्व गर्ने भन्ने विषय नटुंगिँदा नयाँ सरकार गठन सकस बनेको हो ।




















प्रतिक्रिया