Logo

राजनीति

देउवालाई प्रचण्ड–माधवले भने– राष्ट्रपति, प्रधानमन्त्री र सभामुख एक–एक पद बाँडौं



काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवालाई मुख्य संवैधानिक पद तीन पार्टीलाई मिलाएर बाँड्न प्रस्ताव गरेका छन् ।

प्रधानमन्त्रीनिवास बालुवाटनारमा भइरहेको लफलमा प्रचण्ड र माधव नेपालले देउवालाई राष्ट्रपति, प्रधानमन्त्री र सभामुख एक–एक पद तीन पार्टीलाई बाँड्न प्रस्ताव गरेका हुन् । बालुवाटारमा जारी छलफलमा नेकपा एसका सम्मानित नेता झलनाथ खनाल पनि पुगेका छन् ।

कांग्रेस ठूलो दल भएकाले पहिला उसले रोजेर लिन दिने र त्यसपछि दुई पद माओवादी र एकीकृत समाजवादीले मिलाएर लिने प्रचण्ड–माधवले प्रस्ताव गरेका बताइएको छ ।

प्रकाशित मिति : १० पुष २०७९, आईतवार १२:३९   :  बजे

171
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।