Logo

राजनीति

देउवासँग कुरा नमिलेपछि बालकोटतिर लागे प्रचण्ड



काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ गठबन्धनको बालुवाटार बैठकबाट बाहिरिएर बालकोट पुगेका छन् । नयाँ सरकार गठनका लागि गठबन्धनको बैठकमा कुरा नमिलेपछि ‘प्रचण्ड’ देव गुरूङसहित बालकोट पुगेका हुन् ।

नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवासँग कुरा नमिलेपछि उनी बालुवाटारबाट बाहिरिएका थिए। कांग्रेसले राष्ट्रपति र प्रधानमन्त्री दुवै पद नछाडेपछि गठबन्धनमा कुरा नमिलेको हो । माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माका अनुसार कांग्रेसले राष्ट्रपति र प्रधानमन्त्री दुवै पद नछाड्ने अडान लिएर गठबन्धन चाहिंदैन भनेजस्तो गरेपछि कुरा मिलेन हाे ।

सरकार गठनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको समय सिमाभित्र सरकार बनाउने गरी देउवा, प्रचण्ड र माधव नेपालले छुट्टा छुट्टै छलफलसमेत गरेका थिए । तर पहिलो कार्यकालमा को प्रधानमन्त्री हुने भन्ने विषयमा सहमति हुन नसकेपछि प्रचण्ड बैठक छोडेर बाहिरिएका हुन्। देव गुरूङ बालकोट पुगिसकेका र प्रचण्ड पुग्दै गरेको बताइएको छ ।

प्रकाशित मिति : १० पुष २०७९, आईतवार १३:२७   :  बजे

57
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।