Logo

प्रमुख समाचार

गठबन्धन जोगाउन आवश्यक छ : मन्त्री कार्की



काठमाडौं । नेपाली कांग्रेसका नेता ज्ञानेन्द्रबहादुर कार्कीले गठबन्धन जोगाउन आवश्यक रहेको बताएका छन् । कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीका शीर्ष नेताहरुको छलफलपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै कार्कीले यस्तो बताएका हुन् ।

‘गठबन्धन जोगाउनु अहिलेको आवश्यकता हो । प्रधानमन्त्रीले निरन्तर छलफल गरेर एउटा निष्कर्षमा पुर्‍याउनुहुन्छ’, सूचना तथा संचारमन्त्रीसमेत रहेका उनले भने । प्रचण्डलाई प्रधानमन्त्री छाड्न तयार हो भन्ने प्रश्नमा उनले ठोस जवाफ नदिए पनि उनले सबै कुरा अन्तिम घडीमा हुने बताए ।

कांग्रेसले अडान नछाडेपछि प्रचण्ड बैठक बिचमै छोडेर बाहिरिएका थिए । अब उनी बालकोट जाँदै छन् । माओवादी महासचिव देव गुरुङ बालकोट पुगिसकेका छन् भने प्रचण्ड जाँदै गरेका बताइएको छ ।

प्रकाशित मिति : १० पुष २०७९, आईतवार १३:३६   :  बजे

51
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।