काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बालकोट पुगेका छन् । गठबन्धनको बालुवाटार बैठकबाट बाहिरिएका प्रचण्ड खुमलटार हँुदै एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोट पुगेका हुन् ।
कांग्रेसले राष्ट्रपति र प्रधानमन्त्रीमा दाबी नछाडेपछि प्रचण्ड बैठक छाडेर बाहिरिएका थिए । उनले कांग्रेसले घठबन्धन टुटाएको आरोप लगाएका छन् । गठबन्धन सरकार नेतृत्व पहिला कसले गर्ने भन्ने विषयमा कुरा मिल्न नसकेको हो । कुरा नमिलेपछि गठबन्धन टुटेको भन्दै माओवादी नेताहरुले एमालेसँग वार्ता अघि बढाएका हुन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले सरकार गठनका लागि दिएको समय आइतबार अपरान्ह ५ बजे सकिँदैछ । त्यसअघि नेताहरुको दौडधुप तीव्र छ ।




















प्रतिक्रिया