काठमाडौं । संभावित वाम गठबन्धनमा सहभागी र नयाँ सरकारमा सभागी हुनेबो छलफल गर्न राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आकस्मिक बैठक बोलाएको छ । एमाले र माओवादीसहितको नयाँ गठबन्धनको ढोका खुलेसँगै त्यसमा सहभागी हुनेबारे छलफल गर्न राप्रपाले बैठक डाकेको हो ।
राप्रपा महामन्त्री भुवन पाठकले अध्यक्ष राजेन्द्र लिङदेनले ३ बजे आकस्मिक बैठक बोलाएको जानकारी दिए । विषय प्रष्ट नभए पनि आगामी सरकारकै विषयमा छलफल गर्न सक्ने उनको भनाइ छ । राप्रपा अध्यक्ष लिङदेनले आजै बालकोट पुगेर एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटेका थिए ।
अहिले ओली निवास बालकोटमा एमाले र माओवादीसहित राष्ट्रिय स्वतन्त्र पार्टी र जसपाबीच बैठक चलिरहेको छ । यदि राप्रपा सरकारमा आएमा नयाँ सरकार गठनका लागि बहुमत पुग्छ ।




















प्रतिक्रिया