Logo

राजनीति

प्रचण्ड नेतृत्वका नयाँ सरकारमा सभागी नहुने एकीकृत समाजवादीको निर्णय



काठमाडौं । नेकपा एकीकृत समाजवादीले नयाँ सरकारमा सहभागी नहुने निर्णय गरेको छ । पार्टी चिवालय बैठकले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा नजाने निर्णय गरेको प्रवक्ता जगन्‍नाथ खतिवडाले जानकारी दिए ।

आइतबार नै प्रचण्डलाई प्रधानमन्त्री बनाउने विषयमा एमालेसहितका दलहरुबीच सहमति भएको हो । प्रचण्डको नेतृत्वमा सरकार बनाउने निर्णय भएपछि एकीकृत समाजवादीको सचिवालय बैठक बसेको थियो ।

बैठकमा ब्रिफिङ गर्दै अध्यक्ष माधव नेपालले प्रचण्ड सल्लाह नगरी एमालेसँग मिल्न गएकाे भन्दै आफ्नाे पार्टीले एमालेसँग तत्कालका लागि कुनै साझेदारी नगर्ने बताएका थिए ।

पछिल्लो विकासित घटनाक्रमलाई गम्भीरतापूर्वक लिने र उपयुक्त समयमा उपयुक्त धारणा बनाउने प्रवक्ता खतिवडाले बताए ।

प्रकाशित मिति : १० पुष २०७९, आईतवार १७:२४   :  बजे

180
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।