Logo

प्रमुख समाचार

रामचन्द्र पौडेलले भने : देउवाबाट प्रचण्डलाई धोका भयो



काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी सभापति शेरबहादुर देउवाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई धोका दिएको टिप्पणी गरेका छन् । ‘प्रचण्डले धोका दिएको भन्ने पक्षमा म छैन, प्रचण्डलाई धोका भयो’, उनको भनाइ छ ।

शनिबार खुमलटार पुगेर प्रचण्डसँग भेट गर्दै उनले गठबन्धन नभत्काउन आग्रह गरेका थिए । प्रचण्डले गठबन्धन बचाउनका लागि कांग्रेसले राष्ट्रपति लिएर आफूलाई पहिलो कार्यकाल प्रधानमन्त्री दिन भनेका थिए । तर कांग्रेसले राष्ट्रपति र प्रधानमन्त्री पहिला आफूलाई नै छाड्नुपर्ने अडान राखेपछि एमालेसँगको गठबन्धनबाट प्रचण्ड आज तेस्रोत पटक प्रधानमन्त्रीमा नियुक्त भएका छन् ।

प्रकाशित मिति : १० पुष २०७९, आईतवार २१:३७   :  बजे

180
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।