Logo

राजनीति

महान्यायाधिवक्तामा डा. दिनमणि पोखरेल, आजै शपथ ग्रहण गराइँदै



काठमाडौं । सरकारको कानुनी सल्लाहकार महान्यायाधिवक्तामा डा. दिनमणि पोखरेल नियुक्त हुने भएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले महान्यायाधिवक्तामा अधिवक्ता डा. पोखरेललाई सिफारिस गर्ने निर्णय गरेका हुन् ।

प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिबाट महान्यायाधिवक्ताको नियुक्ति हुने संवैधानिक व्यवस्था छ । पोखरेललाई आजै शितल निवासमा राष्ट्रपतिबाट शपथ ग्रहण गराउने तयारी गरिएको बताइएको छ ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गर्दा त्यविरुद्ध पाखेरेलले सर्वोच्च अदालतमा बहससमेत गरेका थिए । उनले प्रतिलिपि अधिकारका विषयमा विद्यावारिधि गरेका छन् ।

प्रकाशित मिति : १२ पुष २०७९, मंगलवार १२:५६   :  बजे

87
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।