Logo

प्रमुख समाचार

बुटवलका डीएसपी केसीलाई निलम्बन गर्न गृह मन्त्रालयमा सिफारिस



काठमाडौं । इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीएसपी ठगबहादुर केसीलाई निलम्बनमा परेका छन् । प्रहरी प्रधान कार्यालयले उनलाई निलम्बनका लागि गृह मन्त्रालयमा सिफारिस गरेको हो ।

शक्तिको आडमा गलत धन्दामा सक्रिय हुँदै आएका डीएसपी केसीलाई कारबाहीका लागि गृहमा सिफारिस गरिएको नेपाल प्रहरीका प्रवक्ता डीआईजी टेकप्रसाद राईले जानकारी दिए ।

उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले आइतबार राति निवासबाटै नियन्त्रणमा लिएको थियो भने उनको निवासबाट टोलीले ३५ तोला सुन र १८ लाख रुपैयाँ नगद पनि बरामद गरेको छ ।

बुटवलका एक व्यापारीले ल्याएको सुन नियन्त्रणमा लिएर आफैंले राखेको र सुन फिर्ता गर्न उनले व्यापारीसँग नगद रकम लिएको भन्ने सुराकीकाआधारमा सीआईबीले छानबिन गरेको थियो ।पटक–पटक विवादमा

मुछिएका डीएसपी केसीले साउन १ गते तिलोत्तमा नगरपालिकाका जनप्रतिनिधिको विवादमा नगरपालिका परिसरमा वडाध्यक्षलाई लात्ताले हानेर पौडी पोखरीमा फालिदिएका थिए ।

प्रकाशित मिति : १२ पुष २०७९, मंगलवार १४:१९   :  बजे

42
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।