Logo

राजनीति

माधवलाई बामदेवको सुझाव : प्रचण्ड नेतृत्वको सरकारमा निशर्त सहभागी हुनुस्, नत्र ऐतिहासिक भुल हुन्छ



काठमाडौं । नेपालका कम्युनिस्टहरुको एकताका लागि अभियान चलाउँदै आएको नेता बामदेव गौतमले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई नयाँ सरकारमा सहभागी हुन सुझाव दिएका छन् । मंगलबार एकीकृत समाजवादीका अध्यक्ष नेपालसहितका नेतालाई भेटेर नेता गौतमले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा सहभागी हुन आग्रह गरेका हुन् ।

भेटपछि गौतमले भनेका छन्, ‘अहिले प्रधानमन्त्री प्रचण्ड बन्ने गरी केपी ओलीसँगको गठबन्धनमा नेकपा माओवादी केन्द्र सामेल भएको छ । एकीकृत समाजवादी किन छुट्यो त, यो छुट्न हुँदैन । छुट्यो भने ऐतिहासिक भूल हुन्छ । नेताहरु कुनै माग नै नराखीकन जानुपर्छ ।’

गौतमले प्रचण्डले पनि गल्ती गरेको औंल्याउँदै अब फूलमाला लगाएर माधव नेपाललाई सरकारमा लैजानुपर्ने बताए । नेपालले भने गौतमको सुझावमाथि प्रतिक्रिया नदिएको बताइएको छ ।

एकीकृत समाजवादीका अध्यक्ष नेपालले मंगलबार नै पार्टी कार्यालयमा आयोजित एक कार्यक्रममा आफूहरुलाई थाहा नै नदिइकन प्रचण्ड सरकारमा सहभागी भएको भन्दै उनको यो व्यवहारबाट दुःखी भएको गुनासो गरेका थिए ।

प्रकाशित मिति : १२ पुष २०७९, मंगलवार २०:५१   :  बजे

102
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।