काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नवनियुक्त दुई उपप्रधानमन्त्रीबीच भेटवार्ता भएको छ । ओली भेट्न मंगलबार साँझ दुईजना उपप्रधानमन्त्रीहरु उनकै निवास बालकोट पुगेका हुन् ।
उपप्रधान एवम् गृहमन्त्री रवि लामिछाने र अर्थमन्त्री विष्णु पौडेलले बालकोटस्थित ओली निवासमा पुगेर भेट गरेका हुन् । सोमबार सरकार गठनपछि उनीहरुबीच मंगलबार साँझ छलफल भएको हो ।
भेटमा मन्त्रिपरिषद विस्तार, भागवण्डा आदि विषयमा कुराकानी भएको बताइएको छ ।




















प्रतिक्रिया