Logo

प्रमुख समाचार

ओली प्रचण्डनिवास खुमलटारमा, मन्त्रालय बाँडफाँट र प्रदेश नेतृत्वबारे छलफल



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न नेकपा एकपा एमालेका अध्यक्ष केपी शर्मा ओली खुमलटार पुगेका छन् । माओवादी अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डसँग मन्त्रालय बाँडफाँट र प्रदेशको नेतृत्वलगायत विषयमा छलफल गर्न ओली खुमलटार पुगेका हुन् ।

एमाले–माओवादीसहित सात दलको समर्थनमा प्रचण्ड पुस १० गते प्रधानमन्त्रीमा नियुक्त भएका छन् । ११ गते शपथ ग्रहण गरेका उनले सोही दिन तीन उपप्रधानमनसहित ८ सदस्यीय मिन्त्रपरिषद् गठन गरिसकेका छन् ।

यसबारेह अन्य मन्त्रालय बाँटफाँड, प्रदेशका मुख्यमन्त्री र मन्त्रीको टुंगो लाग्न बाँकी छ । यी नै विषयबारे छलफल गर्न अध्यक्ष ओली प्रधानमन्त्री प्रचण्डको निजी निवास खुमलटार पुगेका हुन् ।

प्रकाशित मिति : १३ पुष २०७९, बुधबार १२:४०   :  बजे

99
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।