Logo

अर्थ

सेयर बजारमा उच्च अंकको वृद्धि, झन्डै तीन अर्बकाे काराेबार



काठमाडाैं । साता कारोबारको अन्तिम दिन बिहीबार सेयर बजारमा उच्च अंकको वृद्धि देखिएको छ । आज सेयरबजारमा २.८८ प्रतिशतको वृद्धि देखिएको छ ।

यस दिन सेयर बजार कारोबार मापक नेप्से परिसूचक ५६.८८ अंकले बढेर २०२९.३ बिन्दुमा पुगेको छ । त्यस्तै, सेन्सेटिभ परिसूचक पनि ९.९८ अंकले बढेर ३९१.३१ बिन्दुमा पुगेको छ ।

कारोबार अवधिभर २५७ कम्पनीको ८० लाख २४ हजार ५५९ कित्ता सेयर किनबेच भयो । उक्त सेयर २ अर्ब ८६ करोड ३ लाख ४५ हजार रुपैयाँमा किनबेच भएको हो ।

आज १३ वटै उपसमूहमा हरियाली छाएको छ । यस दिन २०८ कम्पनीको सेयर मूल्य बढेको छ भने ८ कम्पनीको मात्र सेयर मूल्य घटेको छ ।

हिमालयन उर्जा, सानिमा लाइफ, श्रीजनशील लघुवित्त, धैलागिरि लघुवित्त, अजोड इन्स्योरेन्स, प्रभु लाइफ, श्वेत गंगाको सेयरमा सकारात्मक सर्किट लागेको छ ।आज सर्वा

धिक हिमालयन डिष्टिलरीको १२ करोड १४ लाख रुपैयाँमाथिको कारोबार भएको छ । त्यस्तै, नेपाल टेलिकमको १० करोड ९२ लाख, रिडी हाइड्रोपावरको १० करोड १४ लाख, एनआइसी एसियाको ९ करोड ६६ लाख र नबिल बैंकको ९ करोड २८ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

नयाँ सरकार गठनपछि सेयर बजार सकारात्मक देखिन थालेको छ । यद्यपि बुधबार भने सेयर बजारमा दोहोरो अंकको करेक्सन देखिएको थियो ।

प्रकाशित मिति : १४ पुष २०७९, बिहीबार १५:४४   :  बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।