Logo

प्रमुख समाचार

गृहमन्त्री लामिछाने भन्छन्– ‘हाम्रो कामको तारिफ नगरे हुन्छ, तर खबरदारी दिल खोलेर गरिदिनु होला’



काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आफूले गल्ती गरेको खण्डमा दिल खोलेर आलोचना र खबरदारी गर्न आग्रह गरेका छन् । उनले आलोचकहरुकै कारण सुखद यात्राहरु सम्भव भएको भन्दै अबको यात्रामा पनि यसैगरी सघाउन भनेका छन् ।

सामाजिक संजाल फेसबकुमा मन्त्री लामिछानेले भनेका छन्, ‘हाम्रो कामको तारिफ गर्न कन्जुस्याइँ गरे हुन्छ तर खबरदारी चाहिँ दिल खोलेर गरिदिनु होला। जीवनमा आलोचक साथीहरू छन् र त सुखद यात्राहरु सम्भव भए। अबको यात्रामा पनि यसैगरी सघाउनु होला।’

उनले आफू सधैँ इमानदार भएरका काम गर्ने पनि प्रतिबद्धता जनाएका छन् । ‘जीवन पाउनु र गुमाउनुको बेहिसाब बहीखाता हो जस्तो लाग्छ र बाल्यकाल देखि आजसम्म मैले आफ्ना तर्फबाट नगुमाएको र कहिल्यै नगुमाउने प्रतीज्ञा गरेको एउटै चिज इमानदारी हो।’, उनले भनेका छन् ।

उनले आफूलाई विभिन्न माध्यमबाट बधाई तथा शुभकामना व्यक्त गर्ने शुभेच्छुकहरुलाई धन्यवाद दिँदै अब काममा लाग्नुपर्ने बेला आएको बताएका छन् । ‘सम्पुर्ण माध्यमबाट प्राप्त बधाई शुभकामनाहरुका लागि यहिँ बाट धन्यवाद ट्क्र्याएको छु। अब भेटघाट, फुलमाला, खादा,गम्छाको शिलशिलालाई रोकेर निरन्तर काममा लाग्नु पर्ने बेला आएको छ ।’, लामिछानेले भनेका छन्, ‘हाम्रो मन्त्रालयमा कानुन बमोजिमको काम गर्न मन्त्रीलाई नै भेट्नु पर्दैन । हाम्रा कर्मचारी साथीहरु तपाईंको हरेक समस्या सम्बोधन गर्न योग्य, सक्षम र प्रतिवद्द छन्।’

मन्त्री लामिछानेले अब अनेक बहनामा सेवाग्राहीलाई झुलाउने कामको अत्य गरेर हुने कामलाई यति समयभित्र हुने र नहुने कामलाई यस कारण नहुने भनेर सेवा दिने प्रतिबद्धता जनाएका छन् ।

प्रकाशित मिति : १५ पुष २०७९, शुक्रबार १९:२०   :  बजे

39
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।