Logo

प्रमुख समाचार

रणनीति मिलाउन नसक्दा सरकार गुमाउनुपर्‍यो : शशांक कोइराला



काठमाडाैं । नेपाली कांग्रेसका नेता डा शशाङ्क कोइरालाले रणनीति मिलाउन नसक्दा सरकार गुमाउनुपरेको बताएका छन् । आज यहाँ पत्रकारसँग कुराकानी गर्दै उनले भने, “पार्टीले रणनीति नमिलाएर यो दुर्घटना भयो ।”

पहिले नै रणनीति मिलाएको भए गठबन्धन कायम रहने काेइरालाकाे भनाइ थियो । गठबन्धनबाट देउवालाई प्रधानमन्त्री बनाउने महत्वपूर्ण भूमिका दाहालले खेलेको उनले बताए । उनले भने, “ठूलो पार्टीको नाताले पहिलो पटक नै प्रधानमन्त्री बन्छु कि भन्ने सोचका कारण समस्या आयो ।”

कांग्रेस प्रतिपक्षमा बस्दा विरोधका लागि विरोध मात्रै नगर्ने उल्लेख गर्दै काेइरालाले जिम्मेवारपूर्वक हिसाबले प्रतिपक्षको भूमिका निर्वाह गर्ने उनले बताए ।

प्रकाशित मिति : १५ पुष २०७९, शुक्रबार २०:३६   :  बजे

33
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।