रुपन्देही । नेपाली कांग्रेसका नेता बालकृष्ण खाणले नेपाली राजनीतिमा बाह्य हस्तक्षेप बढेको दाबी गरेका छन् । निवर्तमान गृहमन्त्रीसमेत रहेका नेता खाणले कांग्रेसकै सरकार गठनको चरणमा रहँदा अन्तर्राष्ट्रिय प्रभावले आफूहरूलाई प्रतिकुलतामा पुराएको बताए ।
बिपी कोइराला अध्ययन प्रतिष्ठान बुटवल रुपन्देहीले आज मेलमिलाप दिवसको सन्दर्भमा बुटवलमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेता खाणले पार्टीलाई एउटा सुढृण र सक्षम राजनीतिक शक्तिमा रूपान्तरण गर्ने बताए । उनले सरकारमा नहुँदैमा आत्तिनु नहुने बरु सुधार गरेर जानुपर्ने बताए ।
उनले मुलुकलाई निकास दिएर, संविधान बचाउन, लोकतान्त्रिक मूल्य पद्धतिलाई झन् बलियो बनाउँदै जनताको हक अधिकारलाई अगाडि बढाउन कांग्रेसले अरु दलसँग हातेमालो गरेको जिकिर गरे ।




















प्रतिक्रिया