काठमाडौं । उपप्रधान तथा भौतिक पूर्वाधार मन्त्री नारायणकाजी श्रेष्ठले आफू पावर र पैसाका लागि नभई काम गर्नका लागि पदमा आएको स्पष्ट पारेका छन् । उनले आफूलाई पैसाको कुनै लालच नभएको भन्दै देशमा सेवा भावले केही गर्नु पर्छ भन्ने आफ्नो सोच रहेको सुनाए ।
शनिबार श्रेष्ठको सम्मानमा उनको पारिवारिक सम्बन्ध जोडिएको मेयरसिंह जौवारी प्रतिष्ठानले आयोजना गरेको ‘बधाई तथा शुभकामना’ कार्यक्रममा बोल्दै उनले यस्तोब ताएका हुन् ।
मन्त्री श्रेष्ठले आफू ‘सिंगल’ नै रहेको भन्दै भएको पैतृक सम्पत्ति समेत बेचेर ऋण तिरेको सुनाए । श्रेष्ठ हालसम्म पनि अविवाहित छन् । उनले आफूसँग एक कित्ता शेयर पनि नरहेको र आफ्नो नाममा बैंक ब्यालेन्स पनि नभएको बताए ।




















प्रतिक्रिया