काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजनीतिमा पनि धेरै फउल खेल्नेले रेडकार्ड पाउने बताएका छन् । मदन भण्डारी स्पोर्टस एकेडेमीको १४औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले फउल खेल्नेलाई राजनीतिमा पनि रेडकार्ड दिइने बताएका हुन् ।
‘राम्रो खेलाडीले अनुशासनमा रहेर खेल्छ। नराम्रो खेलाडीले खुट्टामा हान्छ, पोस्टमा हान्न सफल हुँदैन,’ ओलीले भने, ‘‘राजनीतिमा पनि फउल खेल्न हुँदैन । एल्लो कार्ड, कहिलेकाहीँ त रेड कार्ड नै दिएर आउट गर्नुपर्छ । सफलताका लागि फल नगरी खेल्नुपर्छ ।’
ओलीकै भाषा सापटी लिने हाे भने अहिले फउल (राष्ट्रपतिसँगै पहिला प्रधानमन्त्री पाउनुपर्ने दाबी) गरेपछि संसद्काे सबैभन्दा ठूलाे दल भएर पनि कांग्रेस गाेल हान्न (सत्तामा पुग्न) असफल भएकाे छ ।
अध्यक्ष ओलीले मन्त्रिपरिषद विस्तार हुन केही समय लाग्ने संकेत पनि गरेका थिए । एमालेसहित ७ दलको समर्थनमा प्रधानमन्त्री बनेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ८ मन्त्रीमात्रै बनाएका छन् ।




















प्रतिक्रिया