काठमाडौं । नेकपा एकीकृत समाजवादीको पोलिट्ब्यूरो बैठक सोमबारका लागि बोलाइएको छ । बैठक बिहान ११ बजे पार्टी कार्यालयमा नै बस्ने प्रचारप्रसार विभाग प्रमुखसमेत रहेका प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए ।
भोलिको पोलिट्ब्यूरो बैठकपछि मात्र अन्य विषयमा पार्टीको धारणा सार्वजनिक गरिने उनले बताए । एकीकृत समाजवादीको शनिबार र आइतबार स्थायी कमिटी बैठक बसेको थियो । स्थायी कमिटी बैठकमा नेताहरुले कसैले सरकारको बारेमा कसैले पार्टी निर्माणको बारेमा, कसैले विगतको गठबन्धनको बारेमा र कसैले अहिलेको गठबन्धनको बारेमा धारणा राखेका खतिवडाले बताए ।
एकीकृत समाजवादीलाई पनि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारमा ल्याउने प्रयास गरिरहेका छन् । आफूहरुसहितको कांग्रेस नेतृत्वको गठबन्धन तोडेर साल्लाह नै नगरी प्रचण्ड एमालेलगायतका दलहरुको समर्थनमा प्रधानमन्त्री बनेको भन्दै एकीकृत समाजवादी असन्तुष्ट छ । यद्यपि सरकारमा जाने र नजानेबारे पार्टीमा छलफल भइरहेको नेताहरुले बताएका छन् ।




















प्रतिक्रिया