Logo

अर्थ

चन्द्र ढकाल ग्लोबल आईएमई बैंकको अवैध अध्यक्ष



चन्द्रप्रसाद  ढकाल ग्लोबल आईएमई बैंकको अवैध अध्यक्ष बनेका छन् । कानुनतः एक व्यक्ति एउटै नियामक निकायबाट इजाजतपत्र प्राप्त २ वटा संस्थाको अध्यक्ष बन्न मिल्दैन । तर ढकाल ग्लोबल आईएमई बैंक र आईएमई लिमिटेडको अध्यक्ष छन् ।

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष समेत रहेका ढकाल ऐन, कानुन, नियमको धज्जी उडाएर नेपाल राष्ट्र बैंकबाट इजाजतपत्रप्राप्त २ वटा संस्थाका अध्यक्ष रहेका छन् ।

इ. प्रा. निर्देशन नं ६/०७८ को बुँदा १ को उपबुँदा ३ र १२ मा एउटा व्यक्ति दुई वटा इजाजतपत्र प्राप्त संस्थाको संचालक (अध्यक्ष समेत) बन्न नपाउने व्यवस्था छ ।

निर्देशिकाको उपबुँदा ३ मा लेखिएको छ, ‘एकभन्दा बढी इजाजतपत्रप्राप्त संस्थाको सञ्चालक, सल्लाहकार वा कार्यकारी अधिकार प्रयोग गर्ने अन्य कुनै पदमा रहन नपाइने । एउटा संस्थामा सञ्चालक रहेको व्यक्ति एकैपटक अर्को इजाजतपत्रप्राप्त संस्था लगायत सहकारी ऐन, २०४८ अन्तर्गत संचालित बचत तथा ऋण सहकारी संस्था तथा बीमा सम्बन्धी व्यवसाय सञ्चालन गर्ने संगठित संस्था समेतको सञ्चालक, सल्लाहकार वा कुनै पनि पदमा रहन पाइने छैन ।’

त्यस्तै, निर्देशनको इ.प्रा ६/२०७८ को बुँदा १ को उपबुँदा १२ मा एक भन्दा बढी व्यक्ति इजाजतपत्रप्राप्त संस्थाको सञ्चालक/कार्यकारी प्रमुख हुन नपाइने व्यवस्था छ ।

ग्लोबल आइएमई बैंक र बैंक अफ काठमान्डू (बिओके) मर्ज हुँदैछ मर्जरपश्चात् । बन्ने नयाँ बैंकको अध्यक्ष चन्द्र ढकाल नै हुनेछन् । नियमअनुसार ढकालले कि त ग्लोबल आईएमई बैंकको अध्यक्ष पदबाट राजिनामा दिनुपर्छ कि आईएमई लिमिटेडको अध्यक्षबाट राजीनामा दिनुपर्छ ।

प्रकाशित मिति : १८ पुष २०७९, सोमबार १७:३८   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।