Logo

अर्थ

प्रुडेन्सियल इन्स्योरेन्सद्वारा लाभांश घोषणा



काठमाडाैं । प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७८/७९ का लागि लाभांश प्रस्ताव गरेको छ । कम्पनी सञ्चालक समितिको सोमबार (पुस १८ गते) बसेको बैठकले उक्त आर्थिक वर्षको नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्तापुँजीको कुल ६.८४२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

प्रस्तावित लाभांशमा ६.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.३४२ प्रतिशत नगद लाभांश छन् । प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट पारित गरी सेयरधनीहरुलाई वितरण गरिने कम्पनीले जनाएको छ।

प्रकाशित मिति : १९ पुष २०७९, मंगलवार ११:३४   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।