काठमाडौं । नेकपा एमालेबाट बाहिरिएका नेताहरु संगठित हुन थालेका छन् । पार्टीले टिकट नदिएपछि एमाले परित्याग गरेर गत ४ मंसिरका आमनिर्वाचनमा काठमाडौं ७ बाट चुनाव लडेका पूर्व शहरी विकास राज्यमन्त्री रामवीर मानन्धर प्रभु साहको आम जनता पार्टीमा प्रवेश गरेका छन् । तत्कालिन नेकपा विभाजित हुँदा एमालेमै रहेका पूर्वमन्त्री प्रभु साहले चुनावमा एमालेबाट टिकट पाटएपनि त्यसलाई अस्वीकार गरेर रौतहट ३ मा स्वतन्त्र उम्मेदवारी दिएर जितिसकेका छन् ।
विगतमा लामो समयदेखि सहकार्यमा रहेका आजपा अध्यक्ष साह र मानन्धरबीच माछापोखरी स्थित मानन्धर निवासमा भेटघाट भएको र मिलेर पार्टी खोल्ने पूर्व सहमतिकै निरन्तरताको रूपमा मानन्धर अब आजपामा संगठित रूपमा नै अगाडि बढ्ने आजपा प्रचार प्रसार विभाग उपप्रमुख निवेश यादवले जानकारी दिए ।
२०७७ सालमा केपी ओली नेतृत्वको सरकारमा आजपा अध्यक्ष साह शहरी विकास मन्त्री हुँदा मानन्धर सोही मन्त्रालयमा राज्यमन्त्री थिए । मानन्धर काठमाडौं ७ बाट २०७० को संविधानसभासभा सदस्य तथा २०७४ को प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । तर हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा मानन्धर सोही क्षेत्रबाट स्वतन्त्र सांसद उम्मेदवार बने पनि बाजी मार्न असफल भए ।




















प्रतिक्रिया