Logo

अर्थ

सेयर बजारमा सामान्य करेक्सन, ३ अर्ब माथिको कारोबार



काठमाडाैं । नेपाली सेयर बजारमा सामान्य अंकको गिरावट आएको छ । आज सेयर बजार मापक नेप्से परिसूचक ३.०३ अंकले घटेर २०६१.०६ बिन्दुमा पुगेको हो । त्यसैगरी, ठूला तथा बलिया कम्पनीको मापन गर्ने सेन्सेटिभ परिसूचक पनि ०.३९ अंकले घटेर ३९४.६२ बिन्दुमा पुगेको छ ।

कारोबार अवधिभर २५७ कम्पनीको ८२ लाख २२ हजार ८३३ कित्ता सेयर किनबेच भएको छ । यसदिन तिन अर्ब ४५ करोड ८० लाख ८९ हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । यसदिन १०७ कम्पनीको सेयर मूल्य बढेको छ, भने १०२ कम्पनीको सेयर मूल्य घटेको छ । बाकि ३ कम्पनीको सेयर मूल्यमा भने कुनै परिवर्तन आएको छैन ।

आज सर्वाधिक हिमालयन डिस्टिलरीको ४३ करोड १९ लाख रुपैयाँ, एनआईसी एसिया बैंकको ९ करोड ६६ लाख रुपैयाँ, शिवम सिमेन्टको ९ करोड ४९ लाख रुपैयाँ, हिमाल दोलखा हाइड्रोपावरको ८ करोड १७ लाख रुपैयाँ, नेपाल पुनर्बीमा कम्पनीको ८ करोड ३ लाख रुपैयाँ, नबिल बैंकको ७ करोड ९८ लाख रुपैयाँ, नेपाल टेलिकमको ७ करोड ९० लाख रुपैयाँ, रिडी पावरको ६ करोड ४७ लाख रुपैयाँ, मुक्तिनाथ विकास बैंकको ५ करोड ८४ लाख रुपैयाँ र नेसनल हाइड्रोपावरको ५ करोड २ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

प्रकाशित मिति : १९ पुष २०७९, मंगलवार १५:३०   :  बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।