Logo

प्रमुख समाचार

प्रधानमन्त्री प्रचण्डलाई विश्वासकाे मत दिन जसपाले माग्याे उपराष्ट्रपतिसहित तीनवटा मन्त्रालय



काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)ले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा सहभागी हुन विभिन्न सर्त अघि सारेको छ । यद्यपि अहिलेसम्म जसपाले सरकारमा सहभागी हुने औपचारिक निर्णय भने गरिसकेको छैन । जसपाको राजनीतिक समितिको बैठक सोमबारदेखि बस्दैछ । उक्त बैठकले सरकारमा जाने वा नजाने भन्ने टुंगो लगाउने बताइएको छ ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत दिने कि नदिने भन्ने टुंगो पनि सोही बैठकले लगाउने नेताहरुले बताएका छन् । जसपामा संघीय

सरकारमा उचित भागबन्डा भए सरकारमा जानुपर्ने अधिकांश सांसदको राय रहेको छ ।तर त्यसका लागि जसपाले उपराष्ट्रपतिसहित तीनवटा मन्त्रालयमा दाबी गर्ने जसपाकै एक नेताले बताए । उपराष्ट्रपति भने माओवादी केन्द्रको पनि दाबी छ । यसैगरी जसपाले मधेस सरकारको नेतृत्वमा पनि दाबी गरिरहेको छ ।

सरकारमा सहभागी गराउने प्रयासमा रहेका प्रधानमन्त्री प्रचण्डसँग एकचरण हात्तीवनमा जपा सअध्यक्ष उपेन्द्र यादवले छलफल गरिसकेका छन् । उक्त छलफलमा सरकारमा सहभागिता र विश्वासको मत दिने विषयमा कुराकानी भएको थियो । सरकारमा जाने औपचारिक निर्णय गरिनसके पनि न्यूनतम साझा कार्यक्रम तय गर्ने संयन्त्रमा जसपाले नेता रकम चेम्जोङलाई पठाएको छ ।

प्रकाशित मिति : १९ पुष २०७९, मंगलवार १८:१०   :  बजे

171
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।