काठमाडाैं । नेपाली बजारमा सुनको मूल्य लगातार बढिरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ३०० रुपैयाँले बढेर १ लाख २ हजार ९०० रुपैयाँ पुगेको छ ।
सुनको मूल्य लागातर बढेर रेकर्ड ब्रेक नजिक पुगेको छ । यसअघि २०७८ फागुन २५ गते सुनको मूल्य एक लाख पाँच हजार पाँच सय रुपैयाँ पुगेर अलटाइम हाइ रेकर्ड बनाएको थियो ।
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य छ महिना यताकै उच्च भएको छ । धेरै विश्लेषकहरूले २०२३ मा बहुमूल्य धातुको लागि रेकर्ड उच्च प्रक्षेपण गरिरहेका छन्।
आज चाँदीको भाउ तोलामा १० रुपैयाँले घटेर १ हजार ४०० रुपैयाँ कायम भएको छ। हिजो तोलामा १० रुपैयाँले घटेर १ हजार ४१० रुपैयाँमा कारोबार भएको थियो।




















प्रतिक्रिया