Logo

राजनीति

प्रचण्डले गठबन्धन छाडेर जानुमा कांग्रेसको कुनै दोष छैन : प्रवक्ता महत



काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले आफूहरु नेतृत्वको गठबन्धन टुट्नुमा कांग्रेसको कुनै दोष नरहेको जिकिर गरेका छन् । आफ्नो प्रतिबद्धताविपरीत किन गठबन्धन छाडेर माओवादी केन्द्र गयो भन्नेबारे विश्लेषण हुँदै जाने भन्दै उनले कांग्रेसको कुनै दोष नरहेको दाबी गरे ।

पार्टी कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता महतले भने, ‘प्रचण्डजीले गठबन्धन छाडेर जानुभयो । उहाँ आफ्नो प्रतिबद्धताविपरीत किन गठबन्धन छाडेर जानुभयो भन्नेबारे विश्लेषण हुँदै जालान् । तर गठबन्धन टुट्नुमा कांग्रेस दोषी छैन ।’

उनले गठबन्धन टुटेर प्रतिपक्षमा पुग्दा कांग्रेस कति पनि विचलित नभएको बताए । ‘हामी कहीँ कतै पनि विचलित भएका छैनौँ। हामीले वैकल्पिक समर्थन जुटाएर नेतृत्व लिने तर्फ पनि ध्यान दिएनौं’, उनले भने, ‘प्रतिपक्षमा भएपनि सशक्त रुपमा आफ्नो भूमिका निर्वाह गर्छौं ।’गठबन्धन टुटेर केही

निराशा देखिए पनि अहिलेको चुनौतीलाई अवसरमा परिणत गर्ने प्रवक्ता महतले बताए । उनले भने, ‘आउने निर्वाचनमा एक्लै जित्न सक्ने पार्टीको रुपमा रुपान्तरण गर्ने लक्ष्यका साथ काम गछौँ ।’

प्रकाशित मिति : २० पुष २०७९, बुधबार १६:२२   :  बजे

36
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।