Logo

राजनीति

प्रेस युनियनको कर्णाली अधिवेशनमा लफडा



सुर्खेत । नेपाल प्रेस युनियन कर्णाली प्रदेश अधिवेशनको क्रममा विवाद हुँदा हात हालाहालको अस्थिति उत्पन्न भएको छ । वीरेन्द्रनगरको टाकुमा होटेलमा आयोजित अधिवेशनमा पार्षद चयनको विषयमा संस्थापन र इतर समूहबीच विवाद भएपछि हात हालाहाल नै भएको हो ।

संस्थापनइतर पक्षधरका पार्षद धेरै भएको भन्दै नाम काटिएपछि तनावको स्थिति सिर्जना भएको हो । अधिवेशनमा सहभागी एक प्रतिनिधिले विवादको क्रममा माईक खोसाखोस भएको बताए ।

अधिवेशनमा प्रेस युनियनका अध्यक्ष शिव लम्साल, कांग्रेस नेता डा. मिनेन्द्र रिजाल, कांग्रेस नेता हृदयराम थानीलगायत उपस्थित थिए ।

प्रकाशित मिति : २१ पुष २०७९, बिहीबार १२:५२   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।