काठमाडौं । प्रतिनिधिसभाको पहिलो बैठकका एजेन्डा तय संघीय संसद् भवन बानेश्वरमा सर्वदलीय बैठक बसिरहेको छ । ज्येष्ठ सदस्य पशुपति शमशेर जबराको अध्यक्षतामा प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलहरुको बैठक बसिरहेको हो ।
प्रतिनिधि सभाको पहिलो बैठक २५ पुसमा बस्दै छ । बैठकमा सभामुख चयन, सरकारले विश्वासको मत लिने तयारी, राष्ट्रपतिको सम्बोधन लगायतका विषयमा पनि छलफल हुँदैछ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले २६ पुसमा विश्वासको मत लिने तयारी गरेका छन् । र प्रधानमन्त्रीले विश्वासको मत लिएपछि सभामुख चयन गर्ने तयारी छ ।




















प्रतिक्रिया