Logo

प्रमुख समाचार

अन्ततः पृथ्वी जयन्तीमा सार्वजनिक बिदा दिन सत्ता गठबन्धन तयार



काठमाडौं । अन्ततः सत्ता गठबन्धन राप्रपालाई सरकारमा सहभागी गराउन पृथ्वी जयन्तीका दिन सार्वजनिक बिदा दिन तयार भएको छ । सत्ता गठबन्धनले शुक्रबार सार्वजनिक गरेको न्यूनतम साझा कार्यक्रममा पृथ्वी जयन्तीका दिन (पृथ्वीनारायण शाहको जन्मदिन) पुस २७ गते सार्वजनिक बिदा दिने निर्णय गरिएको उल्लेख गरेको छ ।

साझा कार्यक्रममा लेखिएको छ, ‘नेपालको भौगोलिक एकीकरणको ऐतिहासिकतालाई स्मरण र सम्मान गर्दै पृथ्वी जयन्तीका दिन पुस २७ गते सार्वजनिक बिदा दिने निर्णय गरिएको छ।’ एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी नेपाल, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीले शुक्रबार १८ बुँदे नीतिगत प्राथमिकता तथा कार्यक्रम सार्वजनिक गरेका हुन् ।

प्रकाशित मिति : २२ पुष २०७९, शुक्रबार २१:२८   :  बजे

78
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।