काठमाडौं । सर्वोच्च बार एसोसिएसनको चुनाव आज (शनिबार) हुँदै छ । ३४औँ कार्यसमिति चयनका लागि चुनाव हुन लागेको हो । चुनावमा सत्तापक्ष र विपक्षी दलनिकट कानुन व्यवसायीबीच समूहगतरूपमा प्रतिस्पर्धा हुनेछ ।
बृहत् लोकतान्त्रिक र प्रगतिशील, पेसागत तथा गणतान्त्रिक समूह चुनावी मैदानमा छन् । ६ सय २१ जना मतदाता रहेको सर्वोच्च बारमा पदाधिकारी तथा सदस्यहरूको कार्यकाल दुई वर्षको हुन्छ । बृहत् लोकतान्त्रिक समूहबाट वरिष्ठ अधिवक्ता हरिशङ्कर निरौला र प्रगतिशील समूहबाट वरिष्ठ अधिवक्ता तुलसी भट्टले अध्यक्ष पदका लागि उम्मेदवारी दिएका छन् ।
एक उपाध्यक्ष पदका लागि लोकतान्त्रिकबाट जगदीशप्रसाद पाण्डे र प्रगतिशीलबाट रामकृष्ण काफ्लेको उम्मेदवारी परेको छ । यसैगरी, सचिवमा लोकतान्त्रिकबाट कल्याण पोखरेल र प्रगतिशीलबाट श्यामकुमार खत्रीबीच प्रतिस्पर्धा हुने छ । सहसचिवमा लोकतान्त्रिकबाट सुजन लोप्चन र प्रगतिशीलबाट सङ्गीना शाक्य प्रतिस्पर्धीका रूपमा छन् ।




















प्रतिक्रिया