काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले समाजवादी शक्तिहरूबीच राजनीतिक ध्रुवीकरणको आवश्यकता औंल्याएका छन् । आइतबारको पार्टी राजनीतिक समिति बैठकमा लिखित प्रतिवेदन पेश गर्दै उनले त्यस्ता दलहरूसँग सहकार्य र एकताको प्रस्ताव गरेका हुन् ।
पूर्वप्रधानमनत्री भट्टराईको प्रतिवेदनमा चुनावमा देखिएको नयाँ प्रवृत्तिको विश्लेषणसहित यस्तै अवस्था रहे अहिलेका राजनीतिक दलहरू अझ खुम्चिने प्रक्षेपण गरिएको छ । उनले युवा पुस्ताको मनोविज्ञान नबुझे अर्को निर्वाचनसम्म विद्रोह आउन सक्ने चेतावनी दिएका छन् ।
भट्टराईले हतारमा नयाँ शक्ति पार्टी निर्माण गर्दा अपेक्षित सफलता हासिल नगरेको र विभिन्न प्रक्रियामार्फत गुज्रँदै अहिलेको अवस्थामा आइपुगेको बताएका छन् ।




















प्रतिक्रिया