Logo

राजनीति

उपेन्द्रले मागे देउवासँग विश्वासको मत



जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव मधेश प्रदेश सरकारका मुख्यमन्त्रीका लागि विश्वास मत माग्न काँग्रेसका सभापति शेरबहादुर देउवाकहाँ पुगेका छन् ।

मधेश प्रदेश सरकारका मुख्यमन्त्री सरोज यादवले आज त्यहाँको प्रदेश सभामा विश्वासको मत लिने भएका छन् । आज बिहान जसपाका अध्यक्ष उपेन्द्र यादव नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालका साथमा सभापति देउवालाई भेट्न धुम्बाराही पुगेका थिए ।

अध्यक्ष यादवले भने, ‘मधेश प्रदेशमा हाम्रो पार्टीबाट मुख्यमन्त्री बन्नुभएको छ, उहाँलाई विश्वासको मत दिनुपर्छ भन्नका लागि देउवाजीलाई भेटेको हुँ ।

’ विश्वासको मत माग्नुबाहेक अरु थप केही कुराकानी नभएको दावी उनले गरेका छन् । ‘अन्य राजनीतिक कुराकानी केही भएन, आवश्यक परेमा मात्र कुराकानी हुन्छ अहिले त्यस्तो आवश्यकता छैन’ उनले भने ।

मधेश प्रदेशमा एमाले, माओवादी केन्द्र, जनमत पार्टीलगायत दलको समर्थनमा जसपाले मुख्यमन्त्री पाएको छ । जसपाले काँग्रेसको पनि साथ खोजेको हो । माओवादी केन्द्रको नेतृत्वमा गठन भएको सरकारमा जसपा गएको छैन । भागबण्डामा कुरा नमिलेपछि जसपा नेपाल सरकारमा सहभागी भएको छैन ।

प्रकाशित मिति : ४ माघ २०७९, बुधबार १०:५२   :  बजे

129
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।