Logo

अर्थ

कालिका लघुवित्तद्वारा २० प्रतिशत लाभांश घोषणा



काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्थाले २० प्रतिशत लाभांश घोषणा गरेको छ । ६ माघमा बसेको लघुवित्त सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८÷७९ को सञ्चित मुनाफाबाट सेयरधनीलाई २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

लघुवित्तले सेयरधनीलाई हाल कायम रहेको चुक्ता पूँजी ३१ करोड २८ लाख ७५ हजार ४११ रुपैयाँको १९ प्रतिशत बोनस सेयर र लाभांशमा लाग्ने कर प्रयोजनको लागि १ प्रतिशत नगद लाभांश गरी २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

प्रकाशित मिति : ९ माघ २०७९, सोमबार ११:३९   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।