काठमाडौं । सुनको मूल्यले नेपाली बजारमा नयाँ कीर्तिमान बनाएको छ । पछिल्लाे समय निरन्तर उकालाे लागेकाे सुनकाे मूल्यले आज (मंगलबार) नयाँ रेकर्ड कायम गरेकाे हाे ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज गत वर्षकाे बढी मूल्यभन्दा माथि पुगेर सुनको मूल्यले नयाँ कीर्तिमान बनाएकाे हाे । आज छापावाल सुनको मूल्य तोलामा १ लाख ६ हजार ३०० रुपैयाँ कायम भएको छ । यसअघि, गत वर्ष छापावाल सुनको मूल्य तोलामा १ लाख ५ हजार ५०० रुपैयाँ थियो ।
यस्तै, आज तेजाबी सुनको मूल्य १ लाख ५ हजार ८०० कायम छ । सुनको मूल्य बढ्दा चाँदीको मूल्य भने घटेको छ । आज चाँदीको मुल्य तोलामा १३ सय ६५ रुपैयाँ छ । हिजो १३ सय ८० रुपैयाँ प्रतितोलामा चाँदीको कारोबार भएको थियो ।




















प्रतिक्रिया