Logo

अर्थ

मर्जरपछि कस्ताे छ इन्भेष्टमेन्ट मेगा बैंकको वित्तीय अवस्था ?



काठमाडाैं । नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंकको मर्जरपछि बनेको नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा बैंकको खुद नाफा २८.४४ प्रतिशतले बढेर २ अर्ब ८ करोड ६३ लाख ७ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा यस बैंकले १ अर्ब ६२ करोड ४३ लाख २४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

एक वर्षको अवधिमा खुद ब्याज आम्दानी पनि ७३.९३ प्रतिशतले बढेर ४ अर्ब १८ करोड ६३ लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोही अवधिमा यस्तो आम्दानी २ अर्ब ४० करोड ६९ लाख रुपैयाँ रहेको छ । बैंकको सञ्चालन नाफा २३.८९ प्रतिशतले बढेर २ अर्ब ८ करोड ६३ लाख रुपैयाँ पुगेको छ । गत वर्षको सोही अवधिमा बैंकको यस्तो नाफा १ अर्ब ६२ करोड ४३ लाख रुपैयाँमा सीमित थियो । वितरणयोग्य नाफा भने १ अर्ब ६० करोड रुपैयाँ ऋणात्मक छ ।

मर्जरपछि बैंकको चुक्ता पुँजी ८६.४२ प्रतिशतले बढेर ३४ अर्ब १२ करोड ८२ लाख ९५ हजार रुपैयाँ पुगेको छ । बैंकको प्रतिसेयर आम्दानी भने २ रुपैयाँ १३ पैसले घटेर १५ रुपैयाँ ६१ पैसामा आएको छ । प्रतिसेयर नेटवर्थ १६४.९१ रुपैयाँ छ । बैंकको निष्क्रिय कर्जा २,०६ प्रतिशतबाट बढेर ३.७१ प्रतिशत पुगेको छ । बैंकको आधरदर १०.४१ प्रतिशत रहेको छ ।

प्रकाशित मिति : १२ माघ २०७९, बिहीबार ११:३८   :  बजे

54
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।