Logo

अर्थ

सेयर बजारमा झिनो अंकको गिरावट



काठमाडाैं । सेयरबजारमा आज (बिहीबार) झिनो अंकको गिरावट आएको छ । आज सेयर बजार मापक नेप्से परिसूचक ०.४१ अंकले घटेर २१८३.२१ बिन्दुमा पुगेको छ ।

त्यसैगरी, ठूला तथा बलिया कम्पनीको मापन गर्ने सेन्सेटिभ परिसूचक पनि १.१० अंकले घटेर ४१३.१४ बिन्दुमा पुगेको छ । कारोबार अवधिभर २५४ कम्पनीको ७७ लाख ६४ हजार १५३ कित्ता सेयर किनबेच भएको छ ।

यसदिन २ अर्ब ८६ करोडमाथिको कारोबार भएको छ । यसदिन १०१ कम्पनीको सेयर मूल्य बढेको छ, भने १०७ कम्पनीको सेयर मूल्य घटेको छ । बाँकी ५ कम्पनीको सेयर मूल्यमा भने कुनै परिवर्तन आएको छैन ।

प्रकाशित मिति : १२ माघ २०७९, बिहीबार १६:०१   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।