काठमाडौं । सर्वोच्च अदालतले रवि लामिछानेको सांसद पद खारेज गरिदिएको छ । लामिछानेको नागरिकता अवैध भएको ठहर गर्दै सर्वोच्च अदालतले उनको सांसद पद पनि खारेज गरिदिएको हो ।
उनले नेपाल नागरिकता पुनः प्राप्तिको प्रक्रिया पुरा नगरेको भन्दै उनी सांसद बन्न अयोग्य ठहर गरेको हो । योसँगै उनी सांसद् र उपप्रधान तथा गृहमन्त्री हुन अयोग्य भएका छन् ।
कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की नेतृत्वमा न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वर खतिवडा, आनन्दमोहन भट्टराई र अनिल सिन्हा संलग्न संवैधानिक इजलासले शुक्रबार उनीविरुद्ध परेको मुद्दाको फैसला गर्दै नागरिकता कायम नहुने ठहर गरेका हुन् ।
उनले नेपाल नागरिकता पुनः प्राप्तिको प्रक्रिया पुरा नगरेको भन्दै उनी सांसद बन्न अयोग्य ठहर गरेको हो । योसँगै उनी सांसद् र उपप्रधान तथा गृहमन्त्री हुन अयोग्य भएका छन् ।
बुधबारदेखि सुरु भएको अन्तिम सनुवाइ आज पूरा भएको हो। संवैधानिक इजलासमा आज लामिछानेको पक्षबाट वरिष्ठ अधिवक्ता नरेन्द्र केसीसहित अधिवक्ताहरु आशिष अधिकारी, सुदिग्य पन्द, यज्ञमणि न्यौपाने र शशिकुमार पोखरेलले बहस गरेका थिए । यस्तै निवेदकको पक्षबाट सुरेन्द्र भण्डारी, रमन कर्ण, अनिता श्रेष्ठ, सन्तोष भण्डारी र कीर्तिनाथ शर्मा पौडेलले जवाफी बहस गरे ।
चितवन २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित लामिछानेले पुस ११ गते उपप्रधान तथा गृहमन्त्रीको शपथ लिएर पदभार ग्रहण गरेका थिए ।




याे पनि…
गृहमन्त्री लामिछानेविरुद्धको मुद्दामा फैसला आउन लाग्दा सर्वोच्च परिसरमा बढाइयो सुरक्षा तैनाथी
‘रविमा देशप्रति बफादारिता छैन भन्ने कुरा पटक-पटक राज्यलाई ढाँट्नु र छल्नुले पुष्टि गरेको छ’
रविका वकिललाई न्यायाधीशले भने : अमेरिकी नागरिक रहेकै बेला नेपाली पासपोर्ट निकालेको तथ्य हो




















प्रतिक्रिया