Logo

राजनीति

उपराष्ट्रपतिमा ममता झालाई उठाउने जनमत पार्टीको निर्णय



काठमाडौं । उपराष्ट्रपतिमा जनमत पार्टीले ममता झालाई उठाउने भएको छ । उक्त पार्टीले सत्ता गठबन्धनमा आफ्नो पार्टीले उपराष्ट्रपति पाउनुपर्ने दाबी गर्दै झाको नाम अघि सारेको हो ।

झा सदभावना पार्टीबाट राजनीति सुरु गरेकी हुन् । ५३ वर्षीय झा जनमत पार्टीकी सप्तरी जिल्ला इञ्जार्ज छिन् । पार्टीले बैठक बसेर ममताको नाम अनुमोदन गरेको उपाध्यक्ष दिलीप साहले जानकारी दिए ।

उपराष्ट्रपतिमा जनता समाजवादी पार्टी (जसपा)ले रामसहायप्रसाद यादवलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । यस्तै नागरिक उन्मुक्ति पार्टीले रञ्जिता श्रेष्ठलाई उम्मेदवार बनाउने निर्णय गरेको थियो ।

प्रकाशित मिति : २६ फाल्गुन २०७९, शुक्रबार १६:४९   :  बजे

45
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।