काठमाडौं । जनता समाजवादी पार्टीकी प्रमिला यादवले उपराष्ट्रपतिमा उम्मेदवारी दर्ता गराएकी छन् ।
शनिबार दिउँसो संघीय संसद भवन नयाँ बानेश्वरस्थित निर्वाचन कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराएकी हुन् । सत्तारुढ गठबन्धनमा रहेका प्रमुख दलबीच उपराष्ट्रपति जसपाले पाउने सहमति भएको थियो ।
जसपाकै सांसद रामसहाय प्रसाद यादवले उम्मेदवारी दर्ता गराइसकेका छन् । जसपाले राम सहाय यादव र प्रमिला यादव गरी महिला र पुरुष दुबैको उम्मेदवारी दर्ता गरेको छ । नेकपा एमालेको तर्फबाट उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले उम्मेदवारी दर्ता गराइसकेकी छन् ।




















प्रतिक्रिया