काठमाडौं । एनआईसी एशिया बैंकमा आज विभिन्न प्राविधिक समस्या देखिएको छ । एनआईसी बैंकको चेक डिपाेजिटमा समस्या देखिएको हाे ।
बैंकको अनामनगर शाखामा चेक क्लियरेन्समा समस्या देखिएको र यो समस्याका कारण चेक डिपोजिट गर्न तीन दिनसम्म लाग्न सक्ने जवाफ बैंकले दिएका एक ग्राहकले बताए ।
एनआईसी एशियाको मोवाइल बैंकिङमा विभिन्न समस्या ग्राहकले झेल्दै आएका ती ग्राहकले बताए । उनका अनुसार क्युआर कोड स्क्यान नहुने, ट्रान्सफर गर्दा पनि अनेक समस्याहरु आउने, कहिले रकम ट्रान्सफर भइसकेपछि पनि पुग्नुपर्ने ठाउँमा समयमा नपुग्नेलगायतका समस्या छन् ।




















प्रतिक्रिया