Logo

प्रमुख समाचार

चौतर्फी आलोचनापछि फेरियो राष्ट्रपति कार्यालयको वेबसाइटमा पौडेलको तस्बिर



काठमाडौं । राष्ट्रपति कार्यालयको वेबसाइटमा प्रयोग गरिएको नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलको तस्बिर फेरिएको छ । राष्ट्रपतिको अनुहारमा रहेको कोठी फोटोसपबाट एडिट गरेर हटाइएको विषयमा सामाजिक सन्जालमा चौतर्फी आलोचना भएपछि अहिले दुवै गालामा कोठी भएको तस्बिर सार्वजनिक गरिएको हो ।

चौतर्फी आलोचना भएपछि राष्ट्रपति कार्यालयको ‘बेवसाइट’मा पनि वास्तविक (एडिट नगरिएको) तस्बिर राखिएको छ । अहिलेको तस्बिरमा पौडेललाई वास्तविक रूपमा देख्न सकिन्छ । शपथग्रहणलगत्तै पहिलोपटक सार्वजनिक गरिएको औपचारिक तस्बिरमा कम्प्युटरबाट एडिट (सम्पादन) गरिएको थियो । साथै पौडेललाई वास्तविकभन्दा धेरै गोरो देखाइएको थियो ।

राष्ट्रपतिको तस्बिर देशभरका विभिन्न सरकारी कार्यालयमा समेत झुण्ड्याउने भएकाले राष्ट्रपति पौडेलको आधिकारिक (औपचारिक) तस्बिर भन्दै राष्ट्रपति कार्यालयको वेबसाइटमा सार्वजनिक गरिएको हो ।

प्रकाशित मिति : १ चैत्र २०७९, बुधबार १५:५४   :  बजे

63
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।