Logo

प्रमुख समाचार

कांग्रेस विरुद्ध एमालेले निर्वाचन आयोगमा किन दियाे उजुरी ?



नेपाली कांग्रेसले उपराष्ट्रपति निर्वाचनको आचारसंहिता उल्लंघन गरेको भन्दै नेकपा एमालेले निर्वाचन आयोगमा उजुरी दिएको छ ।

उपराष्ट्रपति निर्वाचनको मौनअवधि सुरु भइसकेपछि अवस्थामा कांग्रेसले उपराष्ट्रपतिका उमेदवार रामसहायप्रसाद यादवलाई भोट हाल्न सांसदलाई निर्देशन दिने निर्णय गरेपछि एमालेले आयोगको ध्यानाकर्षण गराएको हो ।

उपराष्ट्रपति निर्वाचनको प्रचारप्रसार गर्न नपाइने अवधिमा बुधबार कांग्रेसको सोमबार बसेको कार्यसम्पादन बैठकले रामसहायप्रसादलाई भोट हाल्न सांसदलाई निर्देशन दिने निर्णय गरेको थियो । जबकि, उपराष्ट्रपति निर्वाचनका लागि गएरातिदेखि नै मौनअवधि सुरु भइसकेको छ ।

एमाले सचेतक महेश बर्तौलाले आचारसंहिता उल्लंघनको निर्णय गर्ने नेपाली कांग्रेसलाई कारबाहीको दायरामा ल्याउन निर्वाचन आयोगको ध्यानाकर्षण गराएको बताए ।

उनले भने, ‘नेपाली कांग्रेसले गरेको निर्णयले उपराष्ट्रपति जस्तो गरिमामय पदको निर्वाचन आचारसंहिताको गम्भीर उल्लंघन भएको छ । यसले निर्वाचनको मर्यादा, स्वच्छता र निष्पक्षतालाई समेत कमजोर बनाएको छ ।’

प्रकाशित मिति : २ चैत्र २०७९, बिहीबार ०८:००   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।