Logo

प्रमुख समाचार

रास्वपाले बोलायाे केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक



काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समिति र संसदीय दल बैठक बोलाएको छ ।

आज बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय बसुन्धारामा केन्द्रीय समिति बैठक बस्ने पार्टीका महामन्त्री डा. मुकुल ढकालले जानकारी दिए ।

‘केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बस्दैछ,’ उनले बताए । समसामयिक राजनीतिक घटनाक्रमलगायतबारे बैठकमा छलफल हुनेछ ।

प्रकाशित मिति : ५ चैत्र २०७९, आईतवार १०:५३   :  बजे

33
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।