Logo

प्रमुख समाचार

एकीकृत समाजवादीको महासचिवमा घनश्याम भुसाल मनोनित



काठमाडौँ । घनश्याम भुसाल ने‍कपा एकीकृत समाजवादीको महासचिवमा मनोनित भएका छन् । पार्टी सचिवालय बैठकले आइतबार भुसाललाई महासचिवमा नियुक्त गरेको हो ।

यसैगरी पार्टीले हालसम्म महासचिव रहेका बेदुराम भुसाललाई उपाध्यक्षमा मनोनित गर्दै बैठकले घनश्याम भुसाललाई महासचिवमा मनोनित गरेको हो ।

साथै बैठकले उपाध्यक्षहरु घनेन्द्र बस्नेत, केदार न्यौपाने, धर्मनाथ साह र केशवलाल श्रेष्ठलाई केन्द्रीय सचिवालय सदस्यमा मनोनित गरेको छ । यसअघि सचिवालयमा १२ सदस्य रहेका थिए ।

प्रकाशित मिति : ५ चैत्र २०७९, आईतवार १४:०६   :  बजे

90
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।