“आमा हात्ती बलियो कि हात्ती छाप चप्पल ? –उस्ता उस्तै हो नानी ।” यो विज्ञापन रेडियो नेपालबाट आइरहन्थ्यो । हात्तीछाप नेपालकै सबैभन्दा ठूलो कम्पनी हो । नेपालकै साथी ब्राण्डको रुपमा रहेको छ यो कम्पनी । विशेष त यो कम्पनी महिला उद्यमीबाट सञ्चालित छ । गोल्डस्टार जुत्ता उत्पादन गर्ने किरण जुत्ता म्यानुफ्याक्चर्सका मार्केटिङ्ग एण्ड बिजनेश डेभलपमेण्ट निर्देशकमा विदुशी राणा छिन् ।
विदुशी राणा एक निडर निष्ठावान व्यक्ति हुन् । उनी जे काम गर्न चहन्छिन त्यो काम जसरी भए पनि पुरा गर्नुपर्छ भन्ने मान्छिन् । कर्मप्रति धैर्य र लगाव हुने हो भने पुरुषले भन्दा महिलाले व्यवसायमा सफल्ता हासिल गर्न सक्छन् भन्ने उनको मत छ । उनी सकारात्मकता निरन्तरता र कडा मेहनतले सफल्ताको बाटो सहज हुनेमा विश्वास राख्छिन् । उनी भन्छिन्– जीवनमा उद्यमशीलतमा ब्यापार, शिक्षा, जुनसुकै क्षेत्रमा होस् ढृड संकल्प, हुने हो भने मुस्किल हुन्न ।
उनी नेपालकै आगनमा जन्मिएकी हुन् । उनी काठमाडौंको विशालनगरमा २०३३ पुस महिनाको ३० गते बुवा प्रेम उपाध्य र माता सोफी उपाध्यको कोखबाट जन्मिएकी हुन् । उनी काठमाडौंमा जन्मिएर यहीको हावापानीमा हुर्किएकी हुन् । उनी महिला भए पनि कहिल्यै पनि कमजोर महसुस गरिनन् । महिला भएकै कारण यस व्यवसायमा बढी प्रथामिकता पाएको उनको भनाइ छ । राणा भन्छिन्– मेरो सानैदेखि ब्यापारमा रुची थियो । उनी आफ्नी आमासँग बस्नुकोे साटो पारिवारिक जमघटमा बढी रुची राख्ने गर्थिन् । कहिलेकाहीँ वुवा र काकासँग व्यापार गर्न पनि जान्थिन् ।
त्यसो त बाल्यकालमा उनी अपरिचित व्यक्तिहरुसँग बोल्न हिचकिचाउँथिन् । तर आज देश विदेशको मान्छेहरुसँग सहजै व्यवसायको लागि डिल गर्न सक्छिन् । उनको पढाई कक्षा १ देखि १० सम्म सेनम्यारिज स्कुलमा भएको हो । स्कुले जीवनमा साथीहरु शिक्षकहरुको प्रिय विद्यार्थी थिइन् । उनको एसएलसी १९९३ अर्थात २०५१ मा भएको हो । त्यसपछि ११ देखि १२ सम्मको पढाई द्यबलनयिच मा भएको थियो भने स्तानतकको पढाई भने कंकरदेव बहुमुखी क्याम्पस काठमाडौंमा भएको थियो ।
जीवनको गति भनेको उसले गरेको कामले दिने गर्दछ । जीवन र काम मान्छे सफल हुनको लागि गर्छ । त्यसो त उनी आफै मात्र सफल नभएर प्रत्यक्ष रुपमा थुप्रै महिलालाई व्यवसायमा कामदारको हिसावले सक्षम बनाएको छिन् । उनी महिलाहरुले आफ्ना विचार राख्न डराउन नहुने बताउँछिन् । उनको विवाह व्यसायिक परिवारमा भएको थियो । ससुरा नुर प्रतापजंग बहादुर राणाको छोरा अमिर प्रतापजंग बहादुर राणासँग भएको हो । उनको अहिले दुई सन्तान छन् । छोरी शिवालिका र छोरा सुर्या आदित्य हुन् ।
त्यसो त राणा मार्केटिङ्कमा पहिलेदेखि नै कुमारी बैंकमा मार्केटिङमा जोडिएकी हुन् । कुमारी बैंकमा मार्केटि प्रमुखको रुपमा ६ बर्ष काम गरेपछि उनले आफ्नो खुवी मार्केटिङमा रहेको पाइन् । त्यसपछि १९ बर्षको उमेरमा उनले स्वर्गीय ससुरा नुरप्रतापले स्थापना गरेको युनिभर्सल गु्रपको छाता अन्र्तगत विभिन्न व्यवसाय सञ्चालन गर्ने छाता व्यवसायको परिवारसँग जोडिएको हुन् ।
चार दशक भन्दा लामो इतिहास बोकेको नेपाली जुत्ता ब्राण्ड गोल्डस्टार फुटवेयरका निर्माता किरण जुत्ता निर्माता समूह अन्र्तगतका धेरै कम्पनीहरु छन् । यी कम्पनीको विज्ञापन राम्रोसँग परिचित भए पनि कम्पनीले बजारमा मार्केटिङ किन नगरेको भन्ने विषयमा उनले सोच्ने गर्छिन् । उनले बजारमा सामानहरु सबै बिकेको कारण यसको बजारमा मार्केटिङको आवश्यक नहेको बताइन् । तर थप नेपाली ग्राहकहरुसम्म पुग्नका लागि ग्राहकसम्म पुग्न अभियानहरु चलाउन पर्ने आवश्यकता देखेकी छिन् ।
विवाह सँगै आमा बनिसकेपछि छोराछोरी हुर्काउन, छोराछोरीको पालन पोषण गर्ने निणर्य गरेको थिइन् । तर कान्छो सन्तान १० बर्ष पुगेपछि उनले पुनः व्यवसायमा फर्कने निणर्य गरिन् । उनी फेरि कम्पनीमा सामेल भएर मार्केटिङको नयाँ रणनिति लिएर जुत्ता कम्पनीकै ब्राण्ड स्तरउन्नती तिर लागिन् ।
त्यसो त ब्यापार ब्यवसायमा सधैँ नाफा हुन्छ भन्ने छैन । कति पटक कोशिस गरेपछि पनि भने जति सोचे जति प्रगति हुन सक्दैन । देशको हालत त पाँच वर्षमा परिवर्तन हुन्न । स्थिरता नभएको सरकार व्यवस्थित नभएको बजार र अर्थ नितिले बजारमा निकै नै भूमिका खेल्छ । हुन त नेपनल भुपरिवेष्ठित देश हो । यहाँ बजार उत्पादनको कच्चा पर्दाथ निर्यातमा समस्या छ । कच्चा पदार्थ ढुवानीमा समस्या छ । यहाँ कच्चा पर्दाथको कर बढी लाग्छ । खुल्ला सीमानाको कारण भारतिय मुलुक, र चाइनिज जुत्ताहरु खुलला रुपले आउने गर्छ । नेपालमा मात्र सबै कच्चा सामानहरु नपाउने हुनाले पनि उत्पानमा चुनौती रहेको छ । देशको राजनैतिक अस्थिरताको कारण भने कम्पनीमा निकै नै समस्या पुगेको राणा बताउँछिन् । माओवादी जनयुद्धकालमा यो जुत्ता बेचेको भनेर प्रशासनले निकै दुख दिएको उनको भनाइ छ । त्यसो त २०७२ सालको भूकम्पले आठ महिना सम्म कम्पनी राम्रोसँग चलेन । त्यसले कम्पनी सञ्चालनमा चुनौती देखा परेको थियो । नाकाबन्दी र भारतीय नोट बन्दीको कारण भने अलि समस्या भएको थियो । नाकाबन्दी चोरी पैठारीको कारण पनि थप चुनौती आएका थिए । तर हर समस्यामा डटेर हतार नगरी धैय बन्न सक्ने हो भने कमजोरीले बिस्तारै छाड्दै जान्छ ।
हुन त ब्यापरमा टिक्न दह्रो सपना हुनुपर्छ क्षति भए पनि हिम्मत हुन पर्छ । उनी भन्छिन्– काम र चुनौतीलाई अँगाल्न सक्ने हो भने हर सपना पुरा हुन्छ । आफ्नो अन्तिम लक्ष्य सपना साकार बनाउने हो भने मान्छेले जति मुस्किल घडी पनि पार गर्छ त्यस्तै चुनौतीलाई आँक्न दिन सक्ने सहासी निडर व्यवसायी हुन् उनी । हुन त महिलालाई पारिवारिक जिम्मेवारीले थिच्छ यो मामिलामा भने उनको परिवार सचेत छ । महिलाले पनि गर्न पर्छ । महिलाले गरेको कुनै पनि काम असफल हुन्न भन्ने उनको मान्यता छ ।

मातृत्व बहन गर्ने महिलाले व्यवसाय गर्न सक्दैन भन्ने कुरा झुट हो र सो उनले तयसलाई सावित गरेकी छिन् । महिला भएकै कारण पनि यो व्यवसायमा बढी सफल्ता भएको उनी मान्छिन् । ‘म महिला हुँ, मलाई महिला भएकै कारण सवैले माया गर्छन्’, उनी भन्छिन्, ‘यो बिषयमा म ढुक्क छु । हामी काम गर्ने हातहरुलाई सम्मान गर्छौं । जुनसुकै काममा जानुहोस् महिला र पुरुषको सोही काम भए पनि महिला भएकै कारण उनीहरु तलबमा कमी, शक्तिमा कमी छन् भनेर छुट्याउँछन् ।’ तर गोल्डस्टार कम्पनीमा महिला पुरुषको पारिश्रमिकमा फरक नभएको उनी सुनाउँछिन् ।
पुरुष भन्दा महिलाहरु काममा बढी लाग्न सक्छन् । अनावश्यक काममा भुल्ने गफ गर्ने, रक्सी खाएर समय खर्च गर्ने काम पुरुषले गरे पनि महिलाहरु काम घर दुवै समाल्न सक्छन् भन्ने उदाहरण राणा हुन् । पुरुषहरुभन्दा महिला कामदारहरु बढी रहेको छन् । किन भने पुरुषहरु विदेश जाने हुँदा पनि महिला कामदार बढेको हो । गोल्ड स्टार जुत्ता जस्तो नाम छ त्यस्तै छ । यसको उत्पादन क्ष्मता भन्दा कम उत्पादन हुन्छ । यस कम्पनीमा दिनमा एक लाख बराबरको जुत्ता उत्पादन क्षमता रहेको छ तर अहिले यसको ३० प्रतिशत मात्र उत्पादन हुने गर्छ ।
पहिलाको हकमा यो निकै कम परिणाममा उत्पाद हुन्छ । कम्तिमा लगभग दैनिक १६ सय देखि १८ सय सम्म उत्पादन हुन्छ भने बढीमा २ हजार जुत्ताहरु उत्पादन हुने गर्छ । जुत्ता बाहेक यहाँ चप्पलहरु बिचन सुजहरु पनि उत्पादन हुन्छन् । चप्पलको मुल्यलाई हात्ती छापको गुणस्तरमा ल्याउन सकिने उनको भनाइ छ । यहाँ ३ सयदेखि ५ सय थरीको डिजाइनमा जुत्ता उत्पादन हुन्छ । यसबाट कम्पनीमा प्रत्यक्ष रुपमा ३ हजार बराबरले काम गर्छन् । अपत्यक्ष रुपमा ६० भन्दा बढी मान्छेहरु जोडिएको उनको भनाइ छ ।
यस कम्पनीबाट उत्पाद हुने सामानहरु नेपाल भारत, अस्टेलिया, मलेशिया, ब्राहिन सम्म यसको ब्यपार हुन्छ । यसबाट सम्पन र विपन्न परिवार सबैले गोल्डस्टार लगाउँछन् । सस्तोमा ३ सय र महँगोमा २५ सय सम्मको उत्पादन भएको कारणले विपन्न परिवारको लागि पाि यो किन्न सहज भएको छ ।
हुन त ४० बर्ष अगाडी सञ्चालन भएको यो कम्पनी पुरानै तरिकाले कहाँ चल्छ र ! यसको विकास उन्नतीको लागि यसले पनि समय अनुसार ब्यवसायिक योजनाहरु परिवर्तन गर्दै आएको छ । हिजो भन्दा आज बजारमा व्यवसाय गर्ने कम्पिटिसन बढेको छ । नयाँ मोडल नया तरिका सबै हुन्छ । त्यसैको दाँजोमा डिजिटल बजारमा यसले पनि सहभागिता लिएको छ । हुन त अहिलेको युग डिजिटल युग हो । र सबै बजार डिजिटल भएको छ । अर्थात् डिजिटल मार्केटिङको युग पनि । अहिले मान्छेहरु मोबाइल नेट इन्टरनेटबाट सामान आफ्नै दैलो सम्म आइदियोस यो चहान्छन् त्यसैले पनि हामीले गोल्डस्टनर जुत्ता खनलाइन बेच्न थाल्यौ,” उनी भन्छिन्, ‘ई—कमर्स मार्फत गोल्डस्टार जुत्ता बेच्न थाले पछि सकारात्म उन्नती भएको छ । यसले ग्राहकबाट प्रत्यक्ष प्रतिक्रिया लिन र नयाँ डिजाइन उत्पादनमा सहजता भएको छ ।’

उनी मान्छिन्–हर चिजको सुविधा हुने हो भने कसैले अर्को विकल्प खोज्दैन । विकल्पको रुपमा उनले शोरुम र फ्रान्चाइजी आउटलेट खोल्ने निर्णय गरिन् । त्यसैले आज उनको अर्थात गोल्डस्टारको नेपालभर ८० वटा शोरुम र फ्रेन्चाइजी आयटलेटहरु छन् । गोल्डस्टारमा विशिष्ट डिजाइनहरु हुने गर्दथ्यो । र यसको स्थायित्व र सिमित मूल्यको लागि बढी ब्यापार हुने गर्दथ्यो । अहिले आएर यो फेसनको रुपमा पनि जोडिएको छ । यसको आध्निक डिजाइनले युवाहरुलाई ब्राण्डतर्फ आर्कषित गरेको उनले बताइन् । उनी आधुनिक ब्राण्ड युवाहरुमाझ लोकप्रिय हुँदै गएको बताएकी छिन् । ग्राहकहरुले डिजाइनको भिन्नता र मुल मुल्य गुणीतर स्थायित्वको कारण किफायति रहेको हो यसले पनि यसको उत्पादनमा हौसला मिलेको उनी बताउँछिन् ।
भारत र चिनबाट यस जुत्ता नक्कल हुनाले थप चुनौती रहेको उनी बताउँछिन् । भारत र चीनबाट जुत्ता नक्कल गर्नु कम्पनीका लागि चुनौती बनेको राणा बताउँछिन् । यसका साथै आजभोलि सस्तो मूल्यमा धेरै गुणस्तरीय जुत्ताहरू कर नतिरिकनै नेपाल भित्रिरहेका छन् । यसबारे उनी भन्छिन्, ‘कम गुणस्तरका जुत्ताको चापको चाप बन्द गर्नुपर्छ, नत्र कर तिरेर मात्रै भित्रिन दिनुपर्छ किनभने यसबाट ग्राहक मात्रै ठगिएका छैनन्, सरकारका साथै स्वदेशी उद्योगसमेत मारमा परेका छन् ।’
गोल्डस्टार भारतमा पनि चिनिन्छ । तिनीहरूसँग सिड्नी, क्यानडा, भारत र मलेसियामा अधिकृत पुनर्विक्रेताहरू पनि छन् । यसका बाबजुद पनि भारततर्फको निर्यातमा आएको कमीले उनीहरुलाई प्रत्यक्ष असर गरेको छ । हाल कम्पनीमा करिब १८ सय कारखानामा कामदार छन् ।
एक बहुमुखी महिला, उनी जोन्टा इन्टरनेशनल जस्ता महिला सशक्तिकरण संस्थाहरूमा पनि संलग्न छिन्। नेपालमा महिला उद्यमीहरु बढ्दै गएको उनको भनाइ छ । उनीहरुसँग काम गर्दा उनीहरुको जोश र सहास सुनेर खुसी लाग्छ । ‘उनीहरुको संघर्षका कथा सुनेर मलाई उनीहरुको तुलनामा म केही छैन जस्तो लाग्छ’, उनी बताउँछिन् ।
समाजका विभिन्न क्षेत्रमा महिलाले भोग्नुपरेको विभेदको विषयमा राणाले यस्ता घटनामा महिलाले आवाज उठाएर बोल्नुपर्ने उनले बताइन् । ‘महिलाको सबैभन्दा ठूलो शक्ति सहनशीलता भए पनि अहिले भेदभाव र उत्पीडन सहने समय होइन’, उनी भन्छिन् ‘नेपालका महिलाहरू धेरै प्रगतिशील छन्, तैपनि सरकारले उनीहरूलाई आफ्नो सीप देखाउन सक्ने मञ्च निर्माण गर्नुपर्छ ।” यसका साथै आफ्नो सीप र उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा पुर्याउन र प्रतिस्पर्धा गर्न सक्ने अनुकूल वातावरण सिर्जना हुनुपर्ने उनको धारणा छ ।
युवा उदीयमान उद्यमीहरूका लागि कल्पना, सपना र आशा धेरै महत्त्वपूर्ण भएको राणा बताउँछिन्। यीसँगै कडा परिश्रमले सपनालाई यथार्थमा परिणत गर्छ । जबसम्म कोसिस गर्दैन, तबसम्म आफ्नो सपना पूरा नहुने उनी बताउँछिन् । ‘लगभग सबै सफलताका कथाहरू असफलताबाट सुरु हुन्छन्। यदि तिनीहरूले हार मानेका भए, त्यहाँ कुनै सफलता कथाहरू हुने थिएनन्, ‘उनले भनिन् । सफल उद्यमीले आलोचना लिन र गल्ती सच्याउन सक्षम हुनुपर्ने उनको भनाइ छ ।
बाल्यकालमा उनी हजुरआमासँग निकै नजिक थिइन् । उनकी हजुरआमा धेरै आध्यात्मिक थिइन् । राणाले आफूमा पनि छाप छोडेको ठान्छिन् । उनी भन्छिन् कि उनी एक धेरै आध्यात्मिक व्यक्ति हुन् र जहिले पनि समस्याको सामना गर्छन् वा कमजोर महसुस गर्छन् भगवानसँग प्रार्थना गर्छिन्। उनी विश्वास गर्छिन् कि त्यहाँ ठूलो शक्ति छ, ईश्वरीय शक्ति जसले उनको हरेक पाइलालाई डोर्याउँ छ।
व्यस्त समयतालिका भए पनि उनी खाली समयमा उपन्यास पढ्न, चलचित्र हेर्न र संगीत सुन्न रुचाउँछिन् । जब समय मिल्छ, उनी साथीहरूसँग घुम्न र घुम्न पनि मन पराउँछिन्। पाँच वर्षपछि उनी कम्पनीलाई गुणस्तरीय नेपाली ब्राण्डका रूपमा अन्तर्राष्ट्रिय रूपमा चिनाउन चाहन्छिन् । कम्पनी अन्तर्राष्ट्रिय बजारमा थप शोरुम खोल्ने तयारीमा रहेको उनको भनाइ छ । ‘नेपालले सबै थोक आयात गर्नुपर्ने हुँदा प्रतिशत थोरै भए पनि राष्ट्रिय अर्थतन्त्रमा योगदान दिन सक्षम भएकोमा हामी गर्व गर्छौं’, उनी भन्छिन्।




















प्रतिक्रिया