Logo

अर्थ

८ महिनाको व्यापार घाटा : १० खर्ब ५८ अर्बको आयात हुँदा १ खर्ब ४ अर्बको निर्यात



काठमाडौं । चालु आर्थिक वर्षको साउनदेखि फागुनसम्म ८ महिनाको अवधिमा मुलुकको व्यापार घाटा साढे ९ खर्ब नाघेको छ । भन्सार विभागले सार्वजनिक गरेको विवरणअनुसार फागुनसम्मको व्यापार घाटा ९ खर्ब ५३ अर्ब ५८ करोड रुपैयाँ बराबर रहेको छ ।

विवरणअनुसार यो व्यापार घाटा गत वर्षको यसै अवधिको तुलनामा १७.८६ प्रतिशत कम हो । गत वर्ष यसै अवधिमा ११ खर्ब ६० अर्ब ९८ करोड रुपैयाँ बराबरको व्यापार घाटा भएको थियो । समग्र आयात नै घट्दा व्यापार घाटामा राहत मिलेको हो ।

यो अवधिमा कुल १० खर्ब ५८ अर्ब ३८ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ भने १ खर्ब ४ अर्ब ७९ करोड रुपैयाँ बराबरको निर्यात भएको छ । आयात गत वर्षको सोही अवधिको तुलनामा १९।१३ प्रतिशत कम हो भने निर्यात २९ प्रतिशत कम हो ।

प्रकाशित मिति : ८ चैत्र २०७९, बुधबार १८:०९   :  बजे

33
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।